अर्थनीति

भुक्तानी स्वरुप निगमले आईओसीलाई पठायो १४ अर्ब ३० करोड


काठमाडौँ – नेपाल आयल निगमले फागुन महिनामा तेल किने बापत इन्डियन आयल कर्पोरेशनलाई १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी पठाएको छ । यो रकम पहिलो किस्ता बापत पठाइएको हो ।

निगमका प्रवक्ता बिनितमणी उपाध्यायका अनुसार फागुन महिनामा कुल २६ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेमा त्यसको केही रकम अहिले पठाएको हो । र बाँककी रहको रकम २३ मार्चमा पठाइने छ ।

तेल किनेको रकम भुक्तानीका लागि सरकारले मूल्य स्थिरिकरण कोषबाट निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराएको थियो । कोषले दिने रकम निगम नाफामा हुँदा आयात हुने प्रतिलिटर पेट्रोलियम पदार्थबाट एक प्रतिशतका दरले संकलन गरिएको हो ।

निगम नाफामा हुँदा उठाइएको रकम सञ्चालनमा समस्या पर्दा प्रयोग गर्ने व्यवस्था छ ।