राजनीति

नेपालमा एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण लागू हुँदैन: रामकुमारी झाँक्री


काठमाडौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताउनु भएको छ ।

मन्त्री झाँक्रीले अरु धेरै देशले सो सम्झौंता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरुले कुरा नबुझेको हो त ? भनि एमसीसीका आचोजकहरुलाई प्रश्न समेत गर्नु भयो ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले विश्वका आधि दुनिँयामा एमसीसी लागू हुँदापनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाउनु भयो ।

मन्त्री झाँक्रीले एमसीसी संसदमा डिबेट भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहो¥याउनु भयो ।