Breaking

देशभर थप १९४ जनामा कोरोना पुष्टि, एकको मृत्‍यु


काठमाडाैँ – पछिल्लो २४ घण्टामा थप १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जना गरी १९४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा थप १ जनाको संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल संक्रिय संक्रमितको संख्या ५ हजार ८७५ जनामा झरेको छ ।