Breaking

गठबन्धनलाई अप्ठ्यारो पार्ने गति विधि नगर्न देउवाको निर्देशन


काठमाडौँ – स्थानीय तह निर्वाचन नजिकिदै जाँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले सत्ता गठबन्धनलाई अप्ठ्यारो पार्ने गति विधि नगर्न कांग्रेस नेताहरूलाई निर्देशन दिएका छन् ।

चुनावका लागि माहोल तयार पार्न मंगलबार कांग्रेसले गाउँगाउँ पुग्ने अभियान घोषणा गरेको छ । कांग्रेसका गाउँ जाने प्रतिनिधिहरूलाई सभापति देउवाले गठबन्धनलाई असर गर्ने कुनै गतिविधि नगर्न निर्देशन दिएका हुन् ।

“निर्वाचनको माहोल निर्माण गर्ने क्रममा गठबन्धनलाई अप्ठेरो पार्ने कुनै गतिविधि नगर्नुहोला,” उनले प्रतिनिधिहरूलाई निर्देशन दिँदै भनेका छन्, “तपाईंहरूले कांग्रेसको पक्षमा माहोल बनाउनुहोला ।” उनले यसो भनेर निर्वाचनमा पनि गठबन्धन कायम रहने संकेत दिएकान् ।

यसअघि शनिबार विराटनगरमा आयोजित विचार गोष्ठीमा कांग्रेसका महामन्त्री गगन थापालगायतका प्रभावशाली नेताहरुले गठबन्धनलाई प्रभाव पर्ने खालका अभिव्यक्तिहरु दिएका थिए ।