Breaking

अबको लडाई सत्य र असत्यबीच: अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको हुने बताउनु भएको छ ।

आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको हुन् बताउनु भएको हो ।

अध्यक्ष ओलीले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशी बीचको लडाईं भएको बताउनु भयो । “सत्य र असत्यबीच बेलाबेलामा लडाइँ हुने गरेको छ । अबको लडाइ परमादेशी र जनादेशीबीच हुन्छ,” उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले नेकपा एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताउनु भयो । अध्यक्ष ओलीले राजनीतिक मैदानका सर्वश्रेष्ट सिद्धान्तबाट नेकपा एमाले अघि बढ््ने पनि बताउनु भयो ।