काठमाडौँ —कास्की पोखरामा चटपट बेच्ने आमा र छोरीसँग नजिक हुँदै प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा एक चिनियाँ नागरिक पुर्पक्षका लागि जेल चलान भएको छ । एक वर्ष अगाडि नै भिजिट भिसामा नेपाल आएका चिनियाँ नागरिक ली च्युनको पोखरा घुम्ने क्रममा चटपट बेच्ने आमा छोरीसँग भेट भएको थियो ली दिनहुँ चटपट खाने बहानामा उनीहरुसँग भेट्न थाले । त्यही क्रममा उनीहरुबीच बोलचाल र हाँसखेल चल्न थाल्यो । चिनियाँ नागरिक उनीहरुको घरमै समेत जाने, खाना खाने गर्न थाले । लीले किशोरीलाई घुमाउन लैजाने र विभिन्न सामान किनिदिनेसमेत गर्न प्रस्ताव गर्न थाले ।
चटपट बेचेर जीविको चलाउँदै आएका परिवारसँग नजिक भएका लीको नजर १८ वर्षीया किशोरीमा थियो । लीले किशोरीमाथि पहिले विभिन्न प्रलोभनमा पारेर र पछि जबरजस्ती करणी गर्ने गरेको परिवारले थाहा पायो । लगत्तै किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय कास्कीमा जबरजस्ती करणीको आरोपमा किटानी जाहेरी दिइन् र ली फागुन १५ गते पक्राउ परे भिजिट भिसामा नेपाल आएका ली बिजनेस भिसा बनाएर पोखरामै बस्न थालेका थिए । बिजनेस भिसा लिए पनि कुनै व्यापार नगरेका उनले किशोरीलाई जबरजस्ती करणी गर्ने र परिवारलाईसमेत विभिन्न प्रलोभन देखाउने गरेका थिए ।


प्रतिक्रिया