काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपालको परिवर्तनको आन्दोलनमा महिलाहरुले खेलेको भूमिकाको प्रशंशा गरेका छन् । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मंगलबार शुभकामना दिँदै प्रचण्डले आजको दिन विश्वभरका महिलाहरुको मात्र नभई सिंगो मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन भएको उल्लेख गरेका छन् ।
मानव समुदायका सबै सामाजिक र राजनैतिक परिवर्तन र संघर्षमा महिला समुदायको सक्रिय सहभागिता र भूमिकाले नै विश्व सभ्यता यहाँसम्म आइपुगेको हो’, प्रचण्डले भनेका छन्, ‘नेपाली सामाजिक र राजनैतिक रुपान्तरणका लागि नेपाली महिलाहरुले युगौंदेखि त्याग, तपस्या र बलिदानका बेग्लै कीर्तिमान कायम गरेका छन् ।’
उनले महिलाहरुको बलिदानीपूर्ण संघर्षका कारण जनयुद्धमा बनेका साहस र बलिदानी कीर्तिमान नेपालमा मात्र नभई विश्वभर चर्चा र प्रशंसाका विषय बनेको पनि उल्लेख गरेका छन् ।


प्रतिक्रिया