विदेश

युक्रेनमा मानविय संकट, आक्रमणमा मृत्यु भएको शव उठाउने मानिस पनि छैनन्


काठमाडौँ — रुसले आक्रमण जारी राखेपछि सर्वसाधारणलाई खाना र पानीको अभावसमेत चर्किँदै गएको छ । सैनिक नभएको क्षेत्रमा समेत रुसले तीव्ररुपमा मिसाइल र रकेट आक्रमण जारी राखेको छ । यी क्षेत्रमा आक्रमणमा मृत्यु भएको शव उठाउन र घाइतेलाई अस्पताल पुर्‍याउनसमेत समस्या देखिएको छ ।

रुसी आक्रमणमा मारिएका कयौँ व्यक्तिको शव सडकमै रहेको बताइएको छ । सुरक्षित स्थानतर्फ भाग्दै गरेका सर्वसाधारणमाथि रुसले गोलाबारी गरेको थियो । भाग्न निस्किएका कयौँ मानिस रुसी आक्रमणमा मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।