देश

यादवको अधिकार कटौती


काठमाडौँ — जनता समाजवादी पार्टीको कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती गरिएको छ । फागुन १३, १४ र १५ गते बसेको कार्यकारिणी समितिको बैठकपछि यादवको अधिकार कटौती गरिएको हो । यो निर्णयसँगै जसपाभित्र चर्किएको विवाद केही मत्थर भएको छ । अबदेखि जसपाले निर्वाचन आयोगमा बुझाउने उम्मेदवारी मनोयन पत्र तथा जसपाले गर्ने हरेक निर्णयमा ३ जना नेता संघीय परिषद् का अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारिणी अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईको सहमति अनिवार्य हुनुपर्ने निर्णय गरिएको छ । यस निर्णयबाट अबदेखि कार्यकारिणी अधिकार अध्यक्ष उपेन्द्र यादवसँग मात्र नरहेको भट्टराईपक्षीय नेताहरूको बुझाइ छ ।

उनीहरूको बुझाइमा कार्यकारि अधिकार अबदेखि संघीय परिषद्का अध्यक्ष भट्टराई, कार्यकारिणी अध्यक्ष यादव र वरिष्ठ नेता राईसँग रहेको छ । यो निर्णयपछि अबदेखि जसपाको कार्यकारिणी अधिकार ३ नेतामा पुगेको छ भन्ने प्रष्ट बुझिन्छ, कार्यकारिणी समितिका सदस्य रमेश यादवले भने, पहिले कार्यकारिणी अधिकार उपेन्द्र यादवसँग मात्रै थियो । अब कार्यकारिणी अधिकार तीनजना नेतामा बाँडिएको छ । जसपका अर्का एक कार्यकारिणी समितिले भने, उहाँ यादवले पूर्णरूपमा कार्यकारिणी अधिकार आफूसँग केन्द्रित गर्न खोज्नु भएको थियो ।