देश

नायिका रेखा थापालाई गालीगलौज गर्ने शर्मिला वाइबा पक्राउ


काठमाडौँँ — नायिक रेखा थापा, ऋचा शर्मालगायतलाई जथाभावी गालीगलौज गर्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई सोमबार पक्राउ गरेको हो । सामाजिक अभियन्ता भन्न रुचाउने वाइबालाई अहिले प्रहरीले सोधपुछ गरिरहेको छ ।

उनिमाथि अभिनेत्री थापाकी दिदी तारा थापाले गत शुक्रबार साइबर व्युरोमा निवेदन दिएकी थिइन् । अभिनेत्री थापा, शर्मालगायत नायिकाले पल शाह प्रकरणबारे मुख खोल्दा नाबालिक पीडितको पक्षमा अभिव्यक्ति दिएको भन्दै वाइबाले जथाभावी गालीगलौज गरेकी थिइन् । वाईबालाई थप अनुसन्धानका लागी हिरासतमा राखिएको छ ।