Breaking

रुसी आक्रमणले साना र ठूला देशको सम्बन्ध खल्बल्याउछ : परराष्ट्रमन्त्री खड्का


काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनमाथि रुसी आक्रमणबाट साना र ठूला देशको सम्बन्ध खल्बल्याउने बताएका छन् । परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सानो र ठूलो देश दुवैको सार्वभौमिकता बराबरी हुने उनले बताए । तर युक्रेनको पक्षमा विज्ञप्ति निकाल्दा कुनै गुटतर्फ लाग्यो भन्न नमिल्ने उनको भनाइ छ । युक्रेन सार्वभौम सम्पन्न राष्ट्र हो । जुन आक्रमण भयो त्यसले विश्वशान्ति खल्बल्याउने छ ।

यसले ठूला साना देशको सम्बन्धलाई पनि खल्बल्याउने भएकाले संयुक्त राष्ट्र संघको बडापत्रको सम्मान गर्दै हामीले विज्ञप्ति जारी रहेका हौुं खड्काले भने, यो एउटा असंलग्न परराष्ट्र नीतिको एउटा पाटो हो । विश्व शान्ति, सहअस्तित्व, मानवअधिकार, समान सर्वभौमिकता यो संलग्नताको महत्वपूर्ण तत्व हुन् ।

यो कुनै गुटलाई छाडेको कुनै गुटलाई समातेको भन्ने होइन । असंलग्न परराष्ट्र नीति अन्तर्गतका डाइमेन्सहरू हुन् । उनले शान्तिपूर्ण सहअस्तित्वको विषय पनि असंग्लन अन्तर्गत पर्ने बताएका थिए । यस्तै मन्त्री खड्काले नेपालको संविधानले निर्धारण गरेको असंलग्न परराष्ट्र नीति अन्तर्गत नै विज्ञप्ति निकालिएको र मतदान गरेको बताए ।