काठमाडौँ — प्रहरीले काठमाडौंबाट बैंकिङ कसूरमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका ८ घर भई महाराजगंज बस्दै आएका ५३ वर्षीय रामएकवाल चौधरीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
प्रहरीले चौधरीलाई आइतबार लाजिम्पाटबाट पक्राउ गरेको हो । चौधरीलाई पाटन उच्च अदालतले गत वर्षको फागुन २१ गते ८ लाख ७५ हजार र ४ दिन कैद तोकेको प्रहरी उपरीक्षक कोइरालाले बताए। अदालतको फैसलापछि चौधरी फरार थिए ।


प्रतिक्रिया