काठमाडौँ — काठमाडौंको ताहचलबाट साढे एक करोड नगदसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले नगदसहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । उनीहरूलाई प्रहरीले आइतबार ताहचलबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको सिलिगुरी ३२ वर्षीय अमित अग्रवाल र काठमाडौं महानगरपालिका(१३ ताहाचल बस्ने २६ वर्षीय बिकी खड्गी छन् । उनीहरूबाट एक करोड ५० लाख बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए । यस्तै खड्गी नक्कली सुनका गहना व्यापारी भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया