Breaking

एमसीसीले माओवादीमा विवाद : केन्द्रीय समिति बैठक सुरु


काठमाडौँ —  अमेरिकाको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयमा पार्टीभित्र विवाद भइरहेको समयमा नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

एमसीसीलाई लिएर विवाद भएपछि शुक्रबार सुरु भएर स्थगित भएको नेकपा माओवादी केन्द्रीय समितिको बैठक ३ दिनपछि सुरु हो । राजधानीको अनुपम फुडल्यान्डमा केही बेरअघि माओवादी बैठक सुरु भएको हो । यो बैठकमा सहभागी हुन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगिसकेका छन् । एमसीसीलाई लिएर प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच गम्भीर मतभेद देखिएको छ ।

उक्त मतभेद र नारायणकाजीको फरक मतलाई लिएर शनिबार र आइतवार आन्तरिक छलफल गरेका प्रचण्ड नयाँ रणनीतिसहित बैठकस्थलमा पुगेका छन् । उनले एमसीसीबारेको छलफल र पदाधिकारी चयन प्रक्रियालाई आगामी चुनावपछि मात्रै छलफल गराउने रणनीति बनाएका छन् ।