Breaking

केन्द्रीय समितिको बैठकअघि प्रचण्ड निवासमा छलफल


काठमाडौँ — सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्नुअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा नेताहरूबीच अनौपचारिक छलफल भएको छ ।

छलफलमा आजको बैठक टुंगो लगाउने विषयमा छलफल भएको सहभागी एक नेताले जानकारी दिए ।

आजको बैठकबाट केन्द्रीय समितिलाई पूर्णता दिने तयारी छ । गत पुस १८ गते भएको आठौं महाधिवेशनले माओवादी केन्द्रको २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो भने भोलिपल्ट बसेको केन्द्रीय समितिको बैठकले पुनः पुष्पकमल दाहाल प्रचण्डलाई नै पार्टीको अध्यक्ष चुनेको थियो। अन्य पदाधिकारी भने अहिलेसम्म चयन गर्न सकेको छैन ।