देश

वामपन्थी नेता कृष्णराज वर्माको निधन


काठमाडौँ – वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको ९३ वर्षको उमेरमा निधन भएको छ । निमोनिया रोगको उपचारकै क्रममा काठमाडौँ स्थित ह्याम्स अस्पतालमा आइतबार दिउँसो ४ बजे निधन भएको हो । उहाँको आजै साझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने । उहाँकी पत्नी, ४ छोरी र ३ छोरा छन् ।