Breaking

संसद् विघटन गरेर अर्ली इलेक्सनमा जाऔं: माधव नेपाल


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्न सुझाएका छन् । आइतबारसंसद् भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन् ।

नेपालले एमालेले संसद् चल्न नदिएर गञ्जागोल मात्र गरेको र हामीलाई पनि दुःख दिने काम भइरहेकाले संसद् विघटन गरेर अर्ली इलेक्सनमा जानु उत्तम हुने उनको अभिव्यक्ति दियो । संसद् नै नरहेपछि ओलीको वितण्डा पनि खत्तम नेपालको भनाई थियो ।

नेपालले भने “एमालेले संसद चल्न पनि नदिने, हामीले भत्ता खाइरहने, केपी ओलीलाई कति सहने ? अब सबै निर्वाचनमा जाऔँ,” नेपालको भनाई थियो ।