Breaking

बलात्कारको आरोप लागेका सांसद बानियाँ निलम्बित


काठमाडौँ – एक महिलामाथि बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका मुगुका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा सांसद बानियाँ निलम्बन गरिएको सभामुखले जानकारी गराए । बानियाँविरुद्ध जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको थियो ।

नेपालगन्जस्थित अप्सरा होटेलमा जबर्जस्ती करणी गरेको भन्दै जुम्लाकी एक शिक्षिकाले गएको माघ २७ गते बानियाँविरुद्ध उजुरी दिएकी थिइन् । सांसद बानियाँ फागुन १६ देखि प्रहरी नियन्त्रणमा रहेका छन् ।