Breaking

एमालेका सांसदलाई समेटेर महाअभियोग सिफारिस समिति गठन


काठमाडौँ – प्रतिनिधि सभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति बनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन भएको हो ।

जबराविरुद्धको महाभियोग प्रस्तावलाई प्रक्रियामा लैजान प्रतिपक्षी नेकपा एमाले पनि सहमत भएको छ। प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा आफ्नो अडानमा यथावत् रहँदै उपस्थित नभए पनि महाभियोग सिफारिस समिति गठनमा भने सहमति जनाएको हो।

समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट विष्णु पौडेल, शिवमाया ताम्बाहाङ्फे, कृष्णभक्त पोखरेल र लालबाबु पण्डित गरि चार सदस्य रहेका छन् ।

नेपाली कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी गुरुङ र रेखा शर्मा छन् । यस्तै एकीकृत समाजवादीबाट कल्याणी खड्का, जनता समाजवादी पार्टीबाट प्रमोद साह र लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ सदस्य छन् ।