देश

बलात्कार आरोेपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित


काठमाडौँ — बलात्कारको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेको छ ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए । एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो ।