Breaking

१२ वर्षीया छोरीको हत्या आरोपमा आमा पक्राउ


काठमाडौँ — आफ्नै छोरीको हत्या गरेको आरोपमा कपिलवस्तु प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

बाणगंगा नगरपालिका १ उत्तमनगर निवासी सीता नेपालीले आफ्नै १२ बर्षीया छोरीको हत्या गरेकी जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

छोरीको हत्यापछि शव लुकाउन जाँदै गर्दा नेपालीलाई शसस्त्र प्रहरीले व्यास क्याम्प पिपरा नजिकबाट प्रकाउ गरेको छ ।

छोरीको हत्यापछि शव बगाउन कोठीखोला नदीतर्फ जाँदै गर्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए । नेपालीले आफ्नी छोरीको हत्या गर्नुको कारण खुलेको छैन । ‘घटनाका सम्बन्धमा हामी थप अनुसन्धान गरिरहेका छौँ,’ भण्डारीले भने ।