Breaking

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौँ — आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार दिउँसोे १ बजेका लागि संसद् बैठक बोलाइएको हो ।

आजको बैठकका लागि एउटा मात्र सम्भावित कार्यक्रम राखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतीसौं वार्षिक प्रतिवेदन आ.व.२०७७/७८’ पेस गर्ने सम्भावित कार्यक्रम राखिएको हो ।

प्रतिनिधि सभाको बैठकअघि बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । जसले आज बस्ने संसद् बैठकको सम्भावित कार्यसूची परिवर्तन/परिमार्जन पनि गर्न सक्छ ।