Breaking

प्रचण्ड फेरि अप्ठ्यारोमा


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि अप्ठ्यारोमा परेको छ ।
उनीले आफ्नै पार्टीभित्रै एमसीसी विरोधी नेताहरुबाट चुनौती झेल्न थालेका छन् । सत्ता गठबन्धनमा पनि नेपाली काँग्रेसले चुनावमा गठबन्धन नगर्ने सम्भावनाले प्रचण्ड अप्ठ्यारोमा परेको हो । एमसीसी अनुमोदन गरेपछि अहिले चीन पनि प्रचण्डसँग सशंकित छन् । यसरी उनी जताततैबाट अप्ठ्यारोमा परेका छन् ।

एमसीसी अनुमोदनको पक्षमा नलाग्दा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध हटाउने प्रस्ताव आउने देखि चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव फिर्ता हुने अवस्था बन्थ्यो । प्रचण्डले त्यो जोखिम मोल्न तयार भएनन् । तर, उनले पार्टीभित्र दुर्घटनाको चुनौती झेल्न थालेका छन् ।

कुनैपनि बेला माओवादी विभाजन हुने अवस्था अहिले विकास भएको छ । नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र पक्षधर नेताहरुलाई मिलाउन प्रचण्डलाई हम्मे परेको छ । विप्लव र किरणसँगको एकता प्रयास अब अगाडि नबढ्ने भएको छ । बरु विप्लवको चुनौती प्रचण्डले झेल्नुपर्ने उनको अभिव्यक्तिबाट प्रष्ट देखिइसकेको छ ।

नेपाली काँग्रेसभित्र पनि माओवादीसँग चुनावी तालमेल गर्न नहुने आवाज उठ्न थालेको छ । एमसीसी अनुमोदन गर्न देउवाले प्रचण्डसँग चुनावी तालमेलको भद्र सहमतिको चर्चा चलिरहँदा काँग्रेसका डा शेखर कोइराला पक्षधरले आवाज उठाउन थालिसकेको छ । शेखर कोइराला, धनराज गुरुङ, गगन थापालगायतले माओवादीसँग चुनावी तालमेल कुनै हालतमा नहुने भन्न थालेका छन् ।

चुनाव भइहालेमा प्रचण्डलाई सजिलो छैन । एमसीसीको सुरुमा घोर विरोध गरेर पछि अनुमोदन गरेकाले समर्थकमाझ सन्देश राम्रो गएको छैन । अर्कोतर्फ, बाह्य परिस्थिति पनि प्रचण्डको अनुकूल देखिदैन ।