Breaking

युक्रेनको पछिल्लो अवस्था राष्ट्रपति जेलेन्स्कीको हत्याको प्रयास, दुई शहरमा युद्धविराम


काठमाडौँ – युक्रेनमा रुसले दश दिनयता आक्रमण गरिरहेको छ । दशौ दिनसम्म आईपुग्दा दुई शहरमा रुसले अस्थायी युद्ध विरामको घोषणा गरेको छ । युक्रेनी राष्ट्रपति पश्चिमा देशप्रति आक्रोशित देखिएका छन भने यो बीचमा तीन पटक उनको हत्याको प्रयास भएको समेत खुलेको छ ।

यद्यपी डटेर लडिरहेको युक्रेनको प्रतिकार रुसले पनि अनपेक्षित अवस्थाको सामना गरिरहेको छ । यति वेला रुसको आक्रमणको प्रतिकार गर्न युक्रेनी राष्ट्रपती भोलोदिमिर जेलेन्स्कीले हरतरहेका प्रयास गरिरहेका छन । विभिन्न देशसंग शैन्य सहयोग लिने देखि आफ्नो पक्षमा विश्वमत बनाउन समेत सक्रिय उनले पश्चिमा देशहरुसंग भने असन्तुष्ट देखिएका छन् ।

अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोले ‘नो–फ्लाई जोन’ स्थापनाका लागि अस्वीकार गरेपछि उनले युक्रेनी नागरिकको मृत्युको लागि (नेटो पनि आंशिक रूपमा जिम्मेवार रहेको आरोप समेत लगाएका छन । तर नो फ्लाई जोन भनेको युक्रेनको आकाशमा यात्रुवाहक विमान उड्न लगाइने रोक हो ।

जंगी विमानहरू उडाएर बम खसाउन तथा रुसको वायुसेनामाथि आक्रमण गर्न पर्ने भएमा नो फ्लाई जोनको घोषणा गरिन्छ । त्यस्तो अवस्थामा रुसले प्रतिकार गर्दा तेस्रो विश्वयुद्ध शुरू हुन सक्ने डरले नेटोले भने यो आग्रह अस्विकार गरेको छ । यो बीचमा देश छाडेर पोल्याण्ड भागेको समाचारहरु आएपछि उनले नयाँ भिडियो पनि सार्वजनिक गरेका छन ।

जहाँ उनले युरोपका मानिसहरुसँग युक्रेनको समर्थन गर्न आह्वान गरिरहेका छन् । जपोरिजिया परमाणु संयन्त्र आक्रमणपछि रुसमाथि परमाणु आतंकवादको आरोप लगाएका उनले युक्रेनको समर्थन नगर्ने हो भने रुसबाट युरोप सुरक्षित नहुने बताएका छन् ।

उनी अहिले हरतहरले रुस विरुद्ध लडिरहेका छन भने आफ्ना सैनिकको हौसला समेत बढाईरहेका छन । फलत ः युक्रेन प्रतिको अन्तराष्ट्रिय सहानुभूती पनि बढ्दै गएको छ । जसमा रुसकै नागरिक समेत देखिएका छन । गत हप्तामात्र जेलेन्स्कीलाई तीन पटक मार्ने प्रयास भएको खुलेको छ ।

रुस र युक्रेनबीच युद्ध भइरहेका बेला गत साता उनलाई तीन पटक गोली हानिएको बेलायती पत्रिका द टाइम्स्ले जनाएको छ । तर हत्याको प्रयास रुसी एजेन्सीहरुकै कारण विफल भएको थियो । रुसी ‘फेडरल सिक्योरिटी ब्यूरो’का कर्मचारी युक्रेन युद्धको विपक्षमा थिए ।

उनीहरु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको हमलाको पक्षमा थिएनन् । जसले गर्दा जेलेन्स्की बाँच्न सफल भएको दाबी गरिएको छ । यता पश्चिमा राष्ट्रहरु भने रुसलाई गलाउने प्रयासमा देखिएका छन । आर्थिक र हतियार सहयोग गरेर युक्रेनकै प्रयोगमा रुसलाई राखीराख्ने उनीहरुको रणनिति देखिएको छ ।

तर आफू अपदस्त हुन सक्नेसम्मको खतरामा रहेका रुसी राष्ट्रपती पुटिन पनि पछि हट्ने पक्षमा देखिएका छैनन् । तर वर्वर आक्रमण गर्न रुसलाई दुइ कुराले रोकिरहेको छ । एक त युक्रेनमा पनि आफ्नै जातिका मानिस हुनु र भोलीका दिनमा रुस विरोधी भावना अझ बढ्ने डरमा रुस छ । तर राष्ट्रपती जेलेन्स्की पुटिनको तगारो बनिरहेका छन ।

यद्यपी सुस्त युद्धको रणनितिमै देखिएको रुसले दुई मुख्य सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ । मिरापोल र भोल्नोभाखमा अस्थायी युद्धविराम गरी मानवीय सहायता सामग्रीका लागि मस्कोको स्थानीय समयअनुसार १० बजेदेखि बाटो खुला गर्ने भएको छ । मारिपोलमा सहर केही दिनदेखि रुसी सैनिकको कब्जामा छ भने यस्तै अर्को सहर भोल्नो भाखमा पनि भीषण युद्ध भइरहेको थियो ।

सर्वसाधारणलाई सुरक्षित स्थानमा जानका लागि दिइनु पर्ने मिरापोलका मेयरको आग्रह र रुसी सैनिकले रोकिरहेको अवस्था रुसले यस्तो निर्णय लिएको छ । तर अहिले पनि युक्रेनका विभिन्न सहरमा युद्ध जारी छ । खार्किभमा बिस्फोट भइरहेका छन भने १० लाख भन्दा बढी शरणार्थीहरु युक्रेनबाट पलायन भएको बताइएको छ ।

राजधानीलगायतका महत्वपूर्ण शहरहरुमा निरन्तर हमलाका कारण कयौं सर्वसाधारणको मृत्यु भइसकेको छ भने भौतिक संरचना पनि उत्तिकै संख्यामा नष्ट भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

रुसी सेनाको आक्रमणलगत्तै युक्रेनका विभिन्न स्थानमा विद्युत र खानेपानीलगायतको आपूर्ति बन्द हुँदा त्यहाँको जनजीवन थप कष्टकर भएका छ ।