राजनीति

देश र जनताको हितका लागि आगामी चुनावमा एमालेलाई जिताउ : विष्ट


काठमाडौँ – नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि आगामी चुनावमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताउनु भएको छ । सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताउनु भयो । देश र जनताको हितका लागि पनि आगामी चुनावमा आफ्नो पार्टीले विजयीलाई सुनिश्चित गर्ने उहाँले दाबी गर्नु भयो । शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चुनाव हार्ने भएपछि सत्तारुढ दलहरु एमालेसँग एक्लै भिड्न डराएको बताउनु भयो ।

‘देश र जनताको हितका लागि पनि आगामी चुनावमा एमालेले जित्नैपर्ने हुन्छ । गठबन्धनका रुपमा एमालेका विरुद्ध चुनाव लडन आए भने पनि नेकपा एमाले सामना गर्न तयार छ सचिव विष्टले भन्नु भयो, नेकपा एमाले आफ्नो विजयलाई कायमै राख्न चाहन्छ । देशको भाग्य र भविष्यको निम्ति पनि यो चुनाव एमालेले जित्न जरुरी छ ।