Breaking

माओवादी र एकीकृत समाजवादीलाई ‘हात्तीको कानमा झुण्डिएको चमेरो’ को संज्ञा


काठमाडौँ – सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धनका अन्य दललाई ‘हात्तीको कानमा झुण्डिएको चमेरो’ को संज्ञा दिएको छ । विराटनगरमा आयोजित विचार गोष्ठीमा बोल्दै गुरुङले कांग्रेसको साहारामा चुनाव जित्नेमा सपना नदेख्न सुझाएका छन् ।

वर्तमान परिस्थितिमा नेपाली काँग्रेसको भूमिका विषयकमा विचार राख्दै गुरुङले भने ‘काँग्रेस हात्ती हो । कुकुर भुक्दै गर्दा हात्ती लम्कँदै गर्छ । हात्तीको ठूलो कानभित्र ओत लाग्न पाउँ भन्दै केही चमेराहरू निवेदन दिइरहेका छन्,’ गुरुङले भने, ‘हात्तीको कान ठूलो छ भन्दैमा चमेरोलाई ओत दिन्छ भन्ने कुनै सपना नदेखे हुन्छ ।’

विशेषत माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै स्वार्थमा सवार भएर एकता वा गठबन्धन गर्न कुनै आवश्यक नभएको बताए । ‘कसैलाई हार्छु कि भन्ने लाग्छ भने त्यो उसैको कमजोरी हो,’ उनले भने ।