देश

नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित


काठमाडौँ – नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित भएका छन् । शुक्रबारदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी स्वतः निर्वाचित भएका हुन् । पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि शनिबार दोस्रो चरणको मतदान हुने कार्यक्रम तय भएको थियो ।

पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका खनाल र श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने भनिए पनि श्रेष्ठले खनाललाई समर्थन गरेका थिए । पहिलो चरणमा खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका थिए । यस्तै श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र प्रा डा सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका थिए ।