काठमाडौँ – सल्यान कपुरबोट गाउपालिका २ भकमका हराएका एक व्यक्ति तीन दिनपछि मृत अवस्थामा फेला परेको छ । ६४ वर्षीय मेवालाल नेपाली शनिबार विहान नजिकैको जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।
मृतक नेपाली बुधबार घरबाट बाँस काट्न भन्दै जङ्गलतिर निस्किएका थिए । तर बेलुकीसम्म घर नआएपछि आफन्तले खोजी गरिदिन भन्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनको खोजी गर्ने क्रममा हराएको ३ दिनपछि शनिबार मृत फेला परेको हो ।बाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।


प्रतिक्रिया