राजनीति

गण्डकीका मुख्यमन्त्रीसहित १८ टोली मधेस भ्रमणमा, पर्यटन प्रवर्द्धनमा जोड


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेश र गण्डकी प्रदेशबीच समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्यको आवश्यक्ता रहेको औंल्याउनु भएको छ ।

मख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्रहरुको खोजी गरेर अगाडि बढन आफूहरु तयार रहेको बताउनुभयो ।

शनिबार जनकपुर–पोखरा विमान सेवा सुरु भएपछि पहिलो उडानमा मधेस भ्रमणमा जनकपुर पुग्नु भएका उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै संघीयतालाई बलियो बनाउन र प्रदेश–प्रदेश बीचको सम्बन्धलाई बलियो बनाउनु पर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

त्यसैगरी मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महताले दुवै प्रदेश बिचमा सहकार्यबाट पर्यटन क्षेत्र लाभान्वित हुन सक्ने बताउनु भयो ।

जनकपुर विमान स्थलमा मुख्यमन्त्री पोखरेललाई मधेस प्रदेशका पर्यटनमन्त्री महतो, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव, सुरक्षा निकायका प्रमुखहरुले स्वागत गर्नु भएको थियो ।

नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले शनिबार, सोमबार र बिहीबार सातामा तीन दिन एकरएकपटक उडान हुने जानकारी दिनु भयो । आजदेखि सुरु भएको पोखरा–जनकपुरको पहिलो उडानमा मुख्यमन्त्रीसहित १८ जनाको टोली मधेस भ्रमणमा जानुभएको हो ।