Breaking

एमालेसँग एक्लै भिड्ने आँट कुनै पनि दलले नगरेको ओलीको दाबी


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र केही दिनमै सकिने टिप्पणी गर्नुभएको छ । गृहजिल्ला झापामा प्रेस चौतारी प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै उहाँले २०५६ सालमा नै आफूले माओवादी सकिन्छ भनेर भनेको र अब त्यो दिन आएको बताउनुभयो ।

केही वर्षअघि आफूले अलिअलि हावा भरिदिएकाले अहिलेसम्म माओवादी केन्द्र टिकेको ओलीको भनाइ थियो । ओलीले नेकपा एकीकृत समाजवादी पार्टी तर्फ संकेत गर्दै माधव नेपालको पार्टी नै नबनेको बताउनुभयो । नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गर्दै वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उल्लेख गर्नुभयो ।

एक फरक प्रसंगमा अध्यक्ष ओलीले प्रदेश १ को नाम कोशी राख्दा उपयुक्त हुने सुझाव दिनुभयो ।