Breaking

संघीय निजामती सेवा ऐन जारी गर्ने देउवाको प्रतिबद्धता


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिबद्धता जनाएको छ । आज राजधानीमा नेपाली कांग्रेसको कर्मचारी युनियनको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले यथाशीघ्र निजामती सेवा ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवाले निजामती कर्मचारीलाई सबै सेवाग्राहीहरुलाई समान व्यवहार गर्न पनि आग्रह गरे । कार्यालयमा सेवा लिन आउने सबै नागरिकलाई विना कुनै राजनीतिक आस्थाका आधारमा भेदभाव नगरी जनताको सेवा गर्न आग्रह गरेका हुन् ।

उनले राज्यका स्रोत साधान सम्पत्तिको सुरक्षा गर्ने निजामती कर्मचारी अहिलेको आवश्यकता रहेको बताउदै मुलुकको स्थायी सरकारको रुपमा रहेको निजामती कर्मचारीहरुको देश अगाडि बढ्न महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।