काठमाडौँ – रूसले युक्रेनमाथिको युद्धमा युद्धविराम घोषणा गरेका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा आज युद्धविरामको घोषणा गरेको हो । यो युद्धविराम भने मानवीय सहायताका लागि गरिएको जनाईएको छ ।
यसअघि रूस र युक्रेनका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि दुई करिडोर खुला राख्ने सहमति भएको थियो । अब ती करिडोरबाट मानिसहरू बाहिर निस्कन पाउनेछन् ।


प्रतिक्रिया