विदेश

युक्रेनमा समाचार संकलनमा खटिएको टोलीमाथि आक्रमण


काठमाडौँ – रुसले युक्रेनमा गरेको आक्रमणको समाचार संकलनमा खटिएको स्काई न्यूजको एक टोलीमाथि आक्रमण गरेको छ । मुख्य सम्वाददाता स्टुअर्ट रेमसे र उनको टिम राजधानी किएभ बाहिर आक्रमणमा परेको हो । तर उनीहरु चमत्कारिक रुपमा बाँच्न सफल भएको स्काई न्यूजले जनाएको छ । स्काई न्यूजको वेबसाइटमा आक्रमणमा परेको भिडियोसहित समाचार पोष्ट गरिएको छ ।

भिडियोमा पत्रकारहरू सवार गाडीमा गोली बर्सिएर सिसा फुटेको र उनीहरुले आफूहरु पत्रकार भएको भन्दै चिच्याइरहेको सुनिन्छ । समाचारमा घटनाबारे विस्तारमा जानकारी दिइएको छ । आक्रमणमा घाइते भएका स्टुअर्ट रेमसेले आफूहरू निकै भाग्यले बाँचेको बताएका छन् । स्टुअर्टसहित पत्रकारहरुको टोली सुरक्षित तरिकाले ब्रिटेन फर्किसकेको छ ।