Breaking

आज राष्ट्रिय सभाका १९ सांसदको सपथ


काठमाडौँ — राष्ट्रिय सभामा निर्वाचित भएर आएका १९ जना सांसदको शपथ ग्रहण आज (शनिबार) हुँदैछ । बिहान ११ बजे संघीय संसद् सचिवालयमा १९ जना सांसदको शपथ ग्रहण कार्यक्रम राखिएको संसद् सचिवालयले जनाएको छ ।

शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

गएको माघ १२ गते भएको निर्वाचनबाट राष्ट्रिय सभाका १९ सांसद निर्वाचित भएका थिए । यसरी निर्वाचित हुनेमा कांग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र छन् ।

त्यसैगरी माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की निर्वाचित भएका छन् भने एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह ९गरिमा० निर्वाचित भएका छन् ।

त्यसैगरी एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर आएका छन् ।

निर्वाचनमा एमाले एक्लै र सत्तारुढ गठबन्धन तालमेल गरेर लडेका थिए । चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका छन्। उनीहरुलाई शुक्रबार साँझ एक कार्यक्रम गरी बिदाई गरिएको छ ।