Breaking

एमसीसीविरुद्ध विभिन्न आठ राजनीतिक दलले राजधानीमा गरेको विरोध प्रर्दशन (भिडियोमा)


काठमाडौँ – एमसीसी संसदबाट पारित गरेको बिरोधमा विभिन्न आठ वटा राजनीतिक दलहरुले काठमाडौंमा बिरोध प्रर्दशन गरेका छन् । सो क्रममा उनीहरुले सत्ता गठबन्धनको चर्को आलोचना गर्दै एमसीसी खारेज गरेरै छोड्ने उद्घोष गरेका छन् ।

संसद्बाट पारित गरिएको एमसीसी राष्ट्रघाती भएको उल्लेख गर्दै साना बाम राजनीतिक दलहरुले शुक्रबार काठमाडौंको टुँडिखेलमा बिरोध प्रर्दशन गरेका छन् । बिरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले संसदबाट पारित भएको राष्ट्रघाती एमसीसी सम्झांैता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिए ।

उनले त्यसका लागि एकतावद्ध भएर अघि बढन पनि सबै देशभक्त, क्रान्तिकारीहरुलाई आह्वान गरे । एमसीसी पारित गरेसँगै संसदको औचित्य समाप्त भएको भन्दै महासचिव चन्दले अव देशलाई जोगाउने दायित्व नेपाली जनताको काँधमा आएको बताए । उनले प्रचण्ड–माधव नेपालले एमसीसी संसदबाट पारित गराएर देश र जनताप्रति ठूलो घात गरेको आरोप लगाए ।

एमसीसी खारेज गर्नुपर्ने र त्यसका लागि सबैले आफूहरुलाई साथ दिनुपर्ने महासचिव चन्दको भनाई थियो । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले एमसीसी राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई खारेज गर्न पहल गर्न सबै देशभक्त, क्रान्तिकारीहरुलाई आह्वान गरे । उनले राष्ट्रघाती एमसीसी पारित गर्ने संसदको पनि औचित्य समाप्त भएको चेतावनी दिए ।

उनले संसदबाट पारित गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले समर्थन नगरेको पनि पटकपटक दोहो¥याए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी कार्यान्वयनमा आएमा नेपालको हालत युद्धरत मुलुकहरु इराक, सिरिया, अफगानिस्तानको जस्तो हुने चेतावनी दिए ।

उनले एमसीसी राष्ट्रधाती सम्झौंता भएको उल्लेख गर्दै त्यसको प्रतिवादमा उत्रन पनि सबैलाई अपिल गरे । अध्यक्ष केसीले अमेरिकीको समर्थनमा निर्वाचन जित्नका लागि ठूला राजनीतिक दलहरुले प्रतिस्पर्धा गरेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौंता पारित गराएको आरोप लगाए ।

विरोध सभामा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चासहितका विभिन्न राजनीतिक दलका नेताहरुले एमसीसी राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा आउन नदिन सशक्त आन्दोलन गरेर अघि बढनुको विकल्प नरहेको बताएका थिए ।