काठमाडौँ – रुसले आक्रमण सूरु गरेको ९ दिन पुगिसकेको छ । तर युद्ध रोक्न भने दुबै पक्ष सहमत हुन सकेका छैनन् । जसका कारण २० लाख नगरिक आन्तरीक रुपमा विस्थापित हुन पुगेका छन भने शुक्रबार सम्म देश छाड्ने युक्रेनीको संख्या १२ लाख नजिक पुगेको छ ।
तर, युक्रेन र त्यहाँका नागरिक आफ्ना देशको परिवार भन्दै प्रतिक्रीया दिइ रहेका रुसी राष्ट्रपति भ्लादमीर पुटिन युद्ध रोक्ने पक्षमा देखिदैनन् । विहिबार आफ्नो सुरक्षा निकायलाई थप हौसला दिदै पुटिनले आफ्ना सेनालाई नायक भएको प्रतिक्रिया दिए ।
त्यस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि आफ्नु देशमा आक्रमण गर्ने रुसी सैनिकलाई धपाएरै छोड्ने अठोटमा छन । जेलेन्स्कीले बिहीबार अनौपचारिक पहिरनमा भिडिओ सार्वजनिक गर्दै युक्रेनी जनतालाई थप उर्जा थपीरहेका थिए । जेलेन्स्की अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग भेट्दा पनि साधारण पहिरनमै थिए ।
राष्ट्रपति भवनभित्र जेलेन्स्कीको कार्यालयका झ्यालमा बालुवाका बोराहरू राखिएको थियो । झुस्स दाह्री भएका र थाकेजस्ता देखिने जेलेन्स्कीले रूसी आक्रमणमा युक्रेनीले गरेको प्रतिरोधको प्रशंसा पटक पटक गरिरहेका थिए ।
रूस र युक्रेनको अहिलेको तनावसँग यी दुई मुलुकको इतिहासमात्रै होइन रूस र पश्चिमा राष्ट्रबीचको भूराजनीति पनि जोडिएको छ । पश्चिमा राष्ट्रले युक्रेनलाई उचालेर विश्व समुदायका रुस विरोधि भावना शिर्जना गरेको भन्ने पनि विश्लेषण भै रहेको छ । हुन त पश्चिमा राष्ट्र रुसलाई एक्ल्याउन केहिमात्रामा सफल पनि भएका छन ।
यतिवेला रुस केहि तनावमा जस्तो देखिन्छ । युद्धबाट पछि हटे कमजोर भएको पश्चिमा देशले प्रामाणीत गर्ने रुसलाई डर छ भने युद्धमा अघि बढ्दा अनेकन दवाव रुसलाई छ । जस्तै, आफ्नै नगारिकको विरोध देखि युद्ध अपराध गरेको आरोप रुसी राष्ट्रपति पुटिनले खेपीरहेका छन ।
युरोपेली युनियनको आर्थिक प्रतिवन्ध देखि खेलाडी सम्मलाई लगाइएको प्रतिबन्धले पनि पुटिनमा पश्चिमाले दवाव श्रृजना गरेको प्रस्टै हुन्छ । पश्चिमा राष्ट्रले हरेक क्षेत्रमा प्रतिबन्ध लगाए पछि रुसले पनि आणविक हतियार प्रयोग गर्ने चेतावनि दिएको छ । तर आणविक हतियार प्रयोग हुने हो भने तेस्रो विश्व युद्ध हुने निश्चित जस्तै छ । कामना गरौ कुनै देशको स्वार्थमा मानव जातिको अस्तीत्व सकिने युद्ध नहोस् ।
रुस र युक्रेनबीचको दोस्रो वार्ता पनि विफल, रुसले आक्रमणलाई तिब्र बनाउँदै, राजधानी किभ नजिकैका दर्जनौ इलाकामा कब्जा, थप आर्थिक प्रचिबन्ध खेप्दै रुस ।।


प्रतिक्रिया