Breaking

बजार भाउ अनियन्त्रित, नागरिकको भान्छा सकसपूर्ण बन्दै


काठमाडौँ – बजारमा पेट्रोलियम पदार्थको मूल्य इतिहासकै उच्च भएको छ । पेट्रोलको मुल्यवृद्धिका कारण बजार भाउ अनियन्त्रित बनेको छ । नागरिकको भान्छा थप महंगिएको छ । तर आकाशिएको बजार भाउप्रति सबै मौन छन् । देशमा सरकार हुनुको अनुभूत जनताले गर्न सकेका छैनन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको छ । इन्डियन ओयल कर्पोरेसन( आईओसी ) ले ३ दिनअघि मार्च १ मा पठाएको नयाँ सूचीअनुसार मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ ले मूल्यवृद्धि गरेको छ । अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ डिजेल र मट्टितेल प्रतिलिटर १३३ रुपैयाँ पर्नेछ ।

पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो । अन्तराष्ट्रिय बजारमा पेट्रोलको मुल्य थपघट भए पनि नेपालमा भने पेट्रोलको निरन्तर उकालो लागिरहेको छ । दैनिक उपभोग्य तेलको भाउ लामो समयदेखि अनियन्त्रीत छ । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै त्यसको असर नेपालमा पनि परेको जनाएको छ ।

पेट्रोलियम पदार्थमा हुने मुल्यवृद्धिले समग्र बजार प्रभावित हुने गर्दछ । पेट्रोलको मुल्यवृद्धिसँगै सार्वजनिक सवारी व्यवसायीहरुले गाडी भाडा बढाउने उद्घोष गरिसकेका छन् । दैनिकी उपभोग्य खाद्यन्न, तरकारी सबैको भाउ आकाशिने निश्चित छ ।

सर्वसाधरणको दैनिकी थप महंगिको चपेटामा परेको छ । महंगि आतंकले धेरैको भान्छा खोसिने त होइन भन्ने चिन्ता बढेको छ । अभावका कारण सामाजिक अपराध बढ्ने अर्को खतरा छ । तर यसतर्फ कसैको ध्यान नै गएको छैन । महंगि विरुद्ध सरकारको ध्यानकर्षण गराउने विद्यार्थी संगठन मौन छन् । अन्य नागरिक समाज सरोकारवाला निकाय सबै चुपचाप छन् ।

मानौ महंगिले कसैलाई छोएकै छैन । सीमित व्यतिmको स्वार्थमा नागरिक पिल्सिरहेका छन् । राज्यको ध्यान यतातिर पटक्कै पर्न सकेको छैन । राज्य नागरिकप्रतिको गैरजिम्मेवारी पनले सीमा नाघेको छ । यसलाई कतिपयले सरकारी गैरजिम्मेवारीपनको उपज मान्छन् ।

मुलुकभित्र सरकार छ, सत्ता गठबन्धनले मुलुकको राजनीति हाँकिरहेकै छ । तर आम सर्वसाधरणले मुलुकमा सरकार हुनुको अनुभव गर्न पाएको छैन । नागरिक जसोतसो सकि नसकि महंगीसंग जुधिरहेका छन् ।