राजनीति

उम्मेदवार छान्ने जिम्मा स्थानीय तहलाई नै दिने


काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित स्थानीय तहको कमिटीलाई नै दिइने बताउनुभएको छ ।

आज नेपाली कांग्रेस मादी गाँउपालिका कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाट्न गर्दै महामन्त्री थापाले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित कमिटीलाई दिइने बताउनुभएको हो ।

थापाले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्ने विषय पनि स्थानिय कमिटीकै भएको उल्लेख गर्दै कांग्रेसले केन्द्रबाट तालमेलको निर्णय नगर्ने बताउनुभयो ।

महामन्त्री थापाले स्थानीय चुनाव वैशाख ३० मै हुने भन्दै संसदको अवरोध कायमै रहे मंसिरअघि नै संसदीय चुनाव हुनसक्ने बताउनुभयो ।