काठमाडौँ – पाकिस्तानमा मस्जिद नजिकै भएको बम विस्फोटनमा ३० जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । घाइतेहरूको अवस्था हेर्दा मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।
देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने पेशावर शहरमा शुक्रबार घटना भएको प्रहरीले जनाएको छ ।प्रहरीले तत्कालै घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूले घटनामा पीडित भएकालाई तत्कालै उद्धार गरेर स्थानीय विभिन्न अस्पताल तर्फ लगेका थिए ।


प्रतिक्रिया