Breaking

२५ वर्षदेखिको सम्बन्ध कठिन मोडमा भएको नारायणकाजीको जिकिर


काडमाडौँ – नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको आफ्नो सम्बन्ध कठिन मोडमा पुगेको बताएका छन् ।

राष्ट्रियसभा गृहमा भइरहेको केन्द्रीय कमिटी बैठकमा बोल्दै श्रेष्ठले प्रचण्डले पत्रकार सम्मेलन गरेर पार्टी छोड् सम्म भनेको उल्लेख गरे । आफूहरुको सम्बन्ध २०५३ सालदेखिकै रहेको पनि स्मरण गराए ।

श्रेष्ठले ऐतिहासिक मोडमा कसैले पनि गम्भीर गल्ती गर्न नहुने धारणा राखे । प्रचण्डले एमसीसी पारित गराउन सरकारलाई सहयोग गरेको भन्दै माओवादी केन्द्र पार्टीभित्रै उनको आलोचना भएको थियो ।

आलोचना गर्ने श्रेष्ठसहित पाँच नेताले अमेरिकी सहयोग परियोजना एमसीसी, व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पार्टी निर्णयको विरोध गरेका थिए ।