Breaking

थप १२६ मा कोरोना संक्रमण, एकको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । त्यस्तै ३८५ जना संक्रमणमुक्त भएका छन् ।