राजनीति

मागेर देश चल्छ भन्नेका छोराछोरी अस्ति नै अमेरिका गइसके : गगन थापा


काठमाडौँ- गत आइतबार प्रतिनिधि सभाबाट एमसिसी पारित हुँदा गगन थापाले रोष्टममा उभिएर अमेरिकाले सहयोग दियो अब चीन, भारतलगायत जुन देशले अनुदान दिए पनि लिएर देश विकास गरिने अभिव्यक्ति दिएका थिए ।
थापाको उक्त अभिव्यक्तिपछि अरू देशबाट मागेर नेपाल चलाउने भन्दै आलोचना भएको थियो । त्यसतर्फ संकेत गर्दै कास्कीमा आज कांग्रेसले आयोजना गरेको कार्यक्रममा थापाले भने, मागेर देश चल्छ भन्नेका छोराछोरी अस्ति नै अमेरिका गइसकेका छन् ।

‘मुठ्ठी कस्दै एउटा मण्डले आएर गफ दिन्छ मागेर देश चल्छ मागेर अस्पताल बनाउने थापाले भने, कांग्रेसका नेताहरूको खुबी कसैलाई कुनै विषयमा उचाल्ने भन्दा पनि सबैलाई मिलाएर लैजाने भएको थापाको भनाइ थियो । कुनै पार्टीसँग तालमेल भए पनि अरूभन्दा कांग्रेस फरक भएको उनको जिकीर थियो ।

‘कहिले माओवादी त कहिले एमालेसँग तालमेल होला तर हामी अरू पार्टीभन्दा फरक हौं भन्ने कुरा जनतालाई भन्नुपर्दछ,’ उनले भने, ‘हामीले पार्टीका पक्षमा मत बढाएनौं भने कहिले कसैसँग त कहिले कसैसँग मिल्नुपर्छ, नौजवानका बीचमा गएर कांग्रेसले पार्टीका पक्षमा भोट बढाउनुपर्छ ।’ जनताले पनि चेतनाको राजनीति गर्नेलाई चुनावमा छान्नुपर्ने थापाले बताए ।