Breaking

प्रचण्डको खुलासा: दायाँबायाँ बस्नेले नै कटवाललाई कारवाही गर्न उक्साए


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रय कमिटिको बैठकमा एक खुलासा गरेका छन् । उनले आफ्नो दायाँबायाँ बस्नेले नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्मांगत कटवाललाई कारवाही गर्न उक्साएको खुलासा गरेका हुन् ।

राजधानीस्थि राष्ट्रिय सभागृहमा भईरहेको माओवादी केन्द्र्र केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्ड हिजो आफ्ना वरपर बस्नेले नै कटुवाललाई कारवाही गर्न उक्साएको बताए । उनले भने, “अब त्यस्तो गल्ती गरिन्न । जनताका प्रश्नहरु सम्बोधन गरेर एमसीसी पारित भएको छ । बुद्धिजीवीहरुको सुझावअनुसार व्याख्यात्मक घोषणामार्फत पारित गर्न तयार भयौँ ।”