Breaking

पार्टी महाधिवेशनको निर्णय अनुसार नै संसद्बाट एमसीसी पारित भएको माओवादीको दाबी


काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णय अनुसार नै संसद्बाट पारित भएको दाबी गरेका छन् । शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसद्बाट पारित भएको बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य वामदेव क्षेत्रीले व्याख्यात्मक घोषणासहित संसद्बाट एमसीसी पास गर्नु उचित भएको बताउनु भयो । नेपालीहरुले अमेरिकालाई साम्राज्यवाद र भारतलाई बिस्तारवादी देख्ने कोण बदलेर अघि बढ्नुुपर्ने बताउनु भयो । उहाँले पदाधिकारीको बारेमा पार्टीमा ठूलो झमेला नरहेको पनि स्पष्ट पार्नुभयो ।

केन्द्रिय सदस्य क्षेत्रीले भन्नुभयो, ‘व्याख्यांससहित भनेको अन्तर्राष्ट्रिय सन्धि, नियमानुसार, व्याख्यांशलाई स्वीकार गरेमात्र नै त्यसलाई लागू हुनसक्ने, त्यो भएन भने ३० दिनभित्रमा त्यसलाई लागू नहुनसक्ने प्रावधानलाई हामीले धेरै छलफल ग¥यौं’ । उहँले भन्नुभयो, ‘एकथरि साथीहरुले त्यसलाई बिरोध गरिरहनु भएको छ । नेपालीहरुको एउटा सोच कस्तो भयो भने हामी अमेरिकालाई सधैँ साम्राज्यवाद देख्ने, भारतलाई सधैँ बिस्तारवाद देख्ने कोण जो बन्यो ।’