काठमाडौँ — रुसी सेनाले युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र कब्जा गरेको दाबी गरेको छ । युक्रेनको दक्षिण-पूर्वी क्षेत्रमा रहेको उक्त ऊर्जा केन्द्र नजिकै रुसी सैनिकले लगातार गरेको हमलापछि कब्जा गरेको रुसको दाबी छ ।त्यहाँ परिचालित कर्मचारीहरूले ऊर्जा केन्द्रको अवस्थाबारे बुझिरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । उनका अनुसार केन्द्रका कर्मचारीहरूले त्यहाँ रहेको पावर युनिटहरूको अवस्थाबारे निरीक्षण गरिरहेका छन् ।
कब्जा गर्नुभन्दा केहि समयअघि रुसी सेनाले उक्त ऊर्जा केन्द्रनजिकै आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचारहरूले उल्लेख गरेका थिए । स्थानीय समयअनुसार शुक्रबार बिहान साढे २ बजे उक्त ऊर्जा केन्द्रको नजिकै आगलागी भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । उक्त प्लान्टमा ६ देशका १५ न्युक्लियर ऊर्जा रियाक्टर रहेको आईएईएले जनाएको छ ।
आगोले अहिलेसम्म ऊर्जा केन्द्रका महत्त्वपूर्ण सामग्रीमा कुनै क्षती नपुर्याएको र क्षती कम होस् भन्ने उद्देश्यले त्यहाँको सम्बन्धित निकायले यथाशक्य प्रयास गरिरहेको सीएनएनले जनाएको छ । युक्रेनको परमाणु ऊर्जा अपरेटर एनरगोटामका अनुसार यो केन्द्र सन् १९८४ बाट सञ्चालनमा आएको यो ऊर्जा केन्द्रबाट युक्रेनको कुल विद्युत् उत्पादनको २० प्रतिशत विद्युत् उत्पादन हुने गरेको छ ।


प्रतिक्रिया