काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन् । उनले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताएका छन् । ट्वीटरमार्फत टिप्पणी गर्दै उनले न्यायिक फैसलाको सम्मान गर्न आग्रह गरेका हुन् । अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी तनहुँ सदरमुकाम दमौलीमा पल शाह पक्षधरको दिनहुँ भइरहेका प्रदर्शन र सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा भट्टराईको यस्तो भनाइ आएको हो ।
तर यता पलको बचाउमा केही चलचित्रकर्मी र युट्युबका धेरै सामग्रीमा पीडितको नाम, फोटो र भिडियो प्रयोग गरिएको छ। प्रहरी कार्यालयअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको चरित्र ह’ ‘त्या गर्ने प्रवृत्ति हाबी भएको छ । आरोपितको पक्षमा माहोल बनाउन प्रयासरत केही कलाकारको प्रतिनिधित्व गर्दै अभिनेत्री पूजा शर्मा बुधबार दमौली पुगेकी छन् । पलविरुद्ध किटानी जाहेरी परेदेखि नै ‘सफाइ दिन’ उनी सक्रिय छिन्।
बालिकाको लुगा न’च्या’तिएकाले कर णी भन्न नमिल्ने उनको सार्वजनिक दाबी छ। ‘खोइ, ती बालिकाको लुगा च्या’ति’एको त देखिएन, पलको स्वभाव पनि त्यस्तो होइन। त्यसलाई कसरी ज’बर्ज’स्ती भन्नेरु’ युट्युबमा भाइरल एउटा भिडियोमा शर्माले भनेकी छन् । उनले आफूले लामो समयदेखि सहकार्य गरेकाले पलले त्यस्तो अ’पराध गर्नै नसक्ने दाबी पनि गर्दै आएकी छन् ।


प्रतिक्रिया