Breaking

प्रचण्ड-नारायणकाजी टकराव : माओवादीमा नबस्ने संकेत, भीम रावल र विप्लवसँग एकता (भिडियोसहित)

प्रचण्डको हालत के होला ?


काठमाडौँ — एमसीसीमा पार्टीभित्रै मत बाँझिएपछि नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट बनेका छन् । झन पार्टीको निर्णयविपरित अन्तिम समयमा आएर प्रचण्ड एमसीसी अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको कित्तामै सामेल भएपछि माओवादीभित्रको विवाद चर्किएको छ ।

अब नारायणकाजी श्रेष्ठ पार्टीमा रहने कि, नरहने भन्ने सवालमात्रै बाँकी छ । योसँगै नेता नारायणकाजी श्रेष्ठले आफुलाई उपयुक्त हुने नयाँ मोर्चाको तयारी थालेका छन् । र यसका लागि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा एमालेका नेता भीम रावल र अन्य कम्युनिष्ट घटकबीच छलफल थालिएको छ ।

प्रचण्डसँग नारायणकाजी रुष्ट बनेको थाहा पाउन लगत्तै विप्लवले मोर्चा निर्माणको दौडधुप चलाएका छन् ।के उनीहरुबीच नयाँ समीकरणको सम्भावना छ त ? के उनीहरुको मोर्चामा अन्य कम्युनिष्ट घटकको आकर्षण रहन्छ ? ठुला कम्युनिष्ट पार्टीको आचरण र शिर्ष नेताको व्यवहारले कम्युनिष्ट आन्दोलन सकिने तहमा पुगेको हो ?