राजनीति

नेपाली कांग्रेस चितवनको नेतृत्व चयनका लागि मतदान हुँदै


काठमाडौँ — पटक-पटक स्थगित हुँदै आएको कांग्रेस चितवनको चौधौं जिल्ला अधिवेशन अन्तर्गत चुनावी प्रक्रिया सुरु भएको छ ।

बिहीबार उम्मेदवारी दर्ता भैसकेको छ । जिल्ला निर्वाचन संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीका अनुसार आज शुक्रबार बिहान जिल्ला पार्टी सभापति जितनारायण श्रेष्ठले मत दिएर मतदान सुरु हुनेछ । मतदानमा २९४४ प्रतिनिधिले मतदानमा सहभागिता जनाउनेछन् ।

जिल्ला सभापतिका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । चार जना पौडेल-कोइराला पक्षका हुन् भने एक जना सभापति शेरबहादुर देउवा पक्षका छन् । संस्थापन पक्षबाट मिलनबाबु श्रेष्ठ र संस्थापनइतरबाट उत्तम जोशी, डा.सूर्यकान्त घिमिरे, राजेश्वर खनाल र कैलाश कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् ।