Breaking

माओवादी केन्द्रीय समितिको बैठक बस्दै


काठमाडौँ – संसदबाट अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी अनुमोदनमा संलग्न भएपछि पार्टीभित्र तीव्र मतभेद भइरहेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) सुरु बस्दै छ । एमसीसी अनुमोदन गर्नै नहुने अडान लिइरहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको समूह अध्यक्ष प्रचण्डसँग असन्तुष्ट हुँदै पार्टी नै छाड्न लागेको भन्ने चर्चाबीच माओवादी केन्द्रको केन्द्रीय बैठक सुरु हुन लागेको हो।