Breaking

रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता सकियो, के भयो सहमति ?


काठमाडौँ – रुस र युक्रेनका प्रतिनिधिबीच भएको दोस्रो चरणको वार्ता सकिएको छ । दुवै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमित गर्दै दोस्रो चरणको वार्ता टुङ्गिएको हो ।

युक्रेनका एक वरिष्ठ अधिकारीले आफूहरूले चाहे जस्तो नतिजा ननिस्के पनि मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने गरी दोस्रो चरणको वार्ता सकिएको बताए । ‘दोस्रो चरणको वार्ता सकिएको छ तर युक्रेनले खोजेको नतिजा अझै प्राप्त भएको छैन’ युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलियाकले ट्विटरमा लेखेका छन्, ‘मावनीय सहायताका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने निर्णय मात्रै भएको छ ।‘